२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नको जवाफ दिन लगाउन काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधि सभामा उठिरहेका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहबाट प्रत्यक्ष जवाफ गराउन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद रेनुका काउचाले बोल्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदका प्रश्नको सम्बोधन गर्ने वातावरण बनाउन सभामुखसमक्ष आग्रह गरिन्। सरकारलाई घेराबन्दी गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्रीलाई संवैधानिक र संसदीय प्रक्रियाप्रति उत्तरदायी बनाउन खोजिएको बताइन्।

उनले सभामुख र प्रधानमन्त्रीजस्ता संवैधानिक तथा संसदीय पदको मर्यादा कायम राख्नुका साथै सरकारलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्नु प्रतिपक्षको भूमिकासँग सम्बन्धित विषय भएको धारणा राखिन्।

काउचाले प्रधानमन्त्री शाहलाई मुलुकको हितमा अघि बढ्न आग्रह गर्दै प्रतिपक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्। संविधानभन्दा माथि कुनै व्यक्ति वा संस्था नरहेको र संसद् नै राजनीतिक प्रश्नमाथि छलफल गर्ने प्रमुख मञ्च भएको उनको भनाइ थियो।

उनले राष्ट्रिय हितलाई दलगत स्वार्थभन्दा प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सचिवालयको मात्र कार्यसम्पादनबाट शासन सञ्चालन हुन नसक्ने धारणा राखिन्।

प्रतिनिधिसभामा निरन्तर उठ्दै आएको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री स्वयंले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता रहेको काँग्रेस सांसद काउचाले बताइन्।

0 Comments