३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

अ+ अ-

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नाम थर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ । “हामी अहिले  खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भने ।

घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् । यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको खोताखोरसहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

0 Comments