८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० प्रमुख प्रशासकीय अधिकृतसहित ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुहोस् को कहाँ ? 

स्थानीय तहमा लामो समय काम गरेकालाई मन्त्रालय तथा केन्द्रीय निकायमा ल्याइएको दाबी, अतिरिक्त समूहमा रहेका उपसचिवलाई नगरपालिकामा पठाइएको दाबी मन्त्रालयले गरेको छ । 

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले सोमबार(आज) गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका उपसचिवहरूको स्थानीय तह, मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा सरुवा तथा पदस्थापन गरिएको हो।

मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा ४७ जना कर्मचारीको सरुवा तथा कामकाजसम्बन्धी विवरण समेटिएको छ। 

मन्त्रालयले सरुवा तथा पदस्थापनमा नयाँ नियुक्त उपसचिवहरूलाई मन्त्रालयको अतिरिक्त समूहबाट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको जनाएको छ भने विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका उपसचिवमध्ये ठूलो संख्यालाई मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा ल्याइएको दाबी गरेको छ।

२१ उपसचिव स्थानीय तहमा पदस्थापन
नयाँ नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २१ जना उपसचिवलाई विभिन्न नगरपालिकामा पठाइएको छ। उनीहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाउने गरी पदस्थापन गरिएको विवरणमा उल्लेख छ।

अनुभवीलाई केन्द्रमा ल्याइएको दाबी
मन्त्रालय स्रोतका अनुसार पछिल्लो सरुवा तथा पदस्थापनमा स्थानीय तहमा लामो समय प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिसकेका कर्मचारीलाई मन्त्रालय तथा केन्द्रीय निकायमा ल्याउने र अतिरिक्त समूहमा रहेका तथा स्थानीय तहको जिम्मेवारी नसम्हालेका उपसचिवलाई स्थानीय तहमा पठाउने नीति लिइएको दाबी गरिएको छ।

यसबाट एकातर्फ लामो समय स्थानीय तहमा बसेका कर्मचारीलाई केन्द्रमा काम गर्ने अवसर मिल्ने र अर्कोतर्फ नयाँ उपसचिवले स्थानीय सरकार सञ्चालन तथा सेवा प्रवाहको व्यावहारिक अनुभव हासिल गर्ने अपेक्षा गरिएको बताइएको छ।

0 Comments