१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनतर्फ थुनिएको ताल फुटेको सूचना, त्रिशूली तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह

चिनियाँ पक्षले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको जानकारी दिएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरेको छ।

अ+ अ-

काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएकोले सतर्क रहन भनिएको अधिकारीहरुले बताएका छन् । त्यसलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना प्रवाह गरिएको बताइएको छ ।

माथिल्लो नदी प्रणालीमा बनेको थियो ताल
चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरो तथा भग्नावशेषका कारण पानी थुनिएर ताल बनेको थियो।

यी नदीको पानी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले माथिल्लो क्षेत्रमा हुने परिवर्तनले तल्लो तटीय क्षेत्रमा जोखिम सिर्जना गर्न सक्ने भन्दै सतर्कता अपनाइएको हो।

यसअघि प्राप्त विवरणअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको विवरण सार्वजनिक भएको थियो।

चीनतर्फ उद्धार टोली सुरक्षित स्थानमा सारियो
तालबाट थप बाढीको जोखिम देखिएपछि चीनतर्फ जारी उद्धार कार्यसमेत प्रभावित भएको विवरण सार्वजनिक भएको छ।

अलजजिराले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै उद्धार टोलीलाई जोखिमयुक्त क्षेत्रबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको जनाएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

चीन–नेपाल सीमाको माथिल्लो क्षेत्रमा पहिरोपछि थुप्रिएको भग्नावशेष र लेदोका कारण बनेको तालमा पानीको मात्रा बढ्दै गएपछि थप जोखिमको अवस्था सिर्जना भएको विवरणमा उल्लेख छ।

चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि नेपालतर्फ भने रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै सतर्कता बढाएको छ।

0 Comments