१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि संसद् बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरिने

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसद्को भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

मंगलवार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् बैठक शीघ्र सुचारु गर्नुपर्नेमा जोड दिएकी हुन् । प्रमुख सचेतक थापाका अनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद् बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधवार (भोलि) देखि नै सुचारु हुने भएको छ ।

भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने जानकारी उनले दिइन्।

विपद्को समयमा संसद् सञ्चालन गर्दा राहत र उद्धारमा बाधा पुग्ने आशंकालाई चिर्दै थापाले भनिन्, ‘धेरैजसो राहत सामग्रीहरू कार्यथलोमा पुगिसकेका छन्, अबको मुख्य चुनौती व्यवस्थापनको हो । संसद् एउटा यस्तो आधिकारिक थलो हो जहाँबाट जनताले सत्य-तथ्य सूचना प्राप्त गर्दछन् र भ्रम निवारण हुन्छ । संसद् सुचारु हुँदा पीडितका समस्याहरूले ठोस निकास पाउनेछन् ।’

उनले उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिसकेको र सांसदहरूले संसदमार्फत नीतिगत दबाब सृजना गर्नु आवश्यक रहेको उल्लेख गरिन्। भोटेकोशीको बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव दिइन् ।

उनले भनिन्, ‘सरकार अहिले उद्धार र बेपत्ताहरूको खोजीमा केन्द्रित छ, हामी सरकारसँगै छौँ । तर यही बहानामा बजारमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धिप्रति व्यापारीहरू सचेत हुनुपर्छ ।’

प्रमुख सचेतक थापाले संकटको यस घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै व्यापारिक नैतिकता कायम राख्न र कालोबजारीमा संलग्न नहुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गरेकी छन् । अवरुद्ध राजमार्गहरू खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प निकाल्ने विश्वास समेत उनले व्यक्त गरिन्।

0 Comments