काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि एक हजार ६ सय १२ रुपैयाँ सहयोग गरेका छन्।
विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचाएको उक्त रकम भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।







