१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरुङमा रहेका श्रमिकको उद्धारमा भएको ढिलाइप्रति काँग्रेसको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले रसुवा बाढीका क्रममा सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धार तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ। उद्धार प्रक्रियामा सरकारले पर्याप्त तत्परता नदेखाएको भन्दै काँग्रेसले असन्तुष्टि व्यक्त गरेको हो।

विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आठौँ बैठकले सुरुङभित्र रहेका नागरिकको उद्धारमा सरकारी पक्षबाट देखिएको कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बैठकले विपद्को अवस्थामा खोज तथा उद्धारमा निरन्तर परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य प्रशासनिक संयन्त्रको योगदानको प्रशंसा गरेको छ। तर, सुरुङमा फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने विषयमा सरकारको तयारी र निर्णय प्रक्रियालाई भने बैठकले आलोचना गरेको छ।

काँग्रेसले उद्धार कार्यमा आवश्यक प्राविधिक क्षमता र उपकरण जुटाउन छिमेकी मुलुकको सहयोग लिनुपर्ने धारणा अघि सारेको छ। विज्ञको सहयोग परिचालन गरी दुई-तीन दिनभित्रै सुरुङमा रहेका इन्जिनियर तथा श्रमिकलाई उद्धार गर्न सकिने अवस्था हुँदाहुँदै त्यसतर्फ पर्याप्त पहल नभएको उसको भनाइ छ।

अन्तर्राष्ट्रिय सहयोग लिन अनिच्छा देखाउने, सहयोग जुटाउन ढिलाइ गर्ने तथा जलविद्युत् आयोजनासँग सम्बन्धित प्रवर्द्धक एवं निर्माण कम्पनीलाई समेत उद्धार प्रक्रियामा समयमै सहभागी हुन अनुमति नदिएको विषयमा काँग्रेसले प्रश्न उठाएको छ। यस्तो कार्यशैलीले विपद्को मानवीय पक्षलाई समेत गम्भीर असर पार्ने उसको निष्कर्ष छ।

प्रतिष्ठानको बैठकले सुरुङभित्र रहेका नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल उद्धारको प्रभावकारी व्यवस्था मिलाउन र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने ठोस उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

0 Comments