१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति परिचालित, टनेलहरूमा खोजी जारी

रसुवाको टिमुरेदेखि नवलपरासी पूर्वसम्म नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। लाङटाङ, चिलिमे तथा त्रिशूली–३ ‘ए’ र ‘बी’ आयोजनामा संयुक्त खोज तथा उद्धार जारी छ।

अ+ अ-

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र आपत्कालीन उपचारका लागि नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

नेपाली सेनाले बिहीबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ६ जनाको उद्धार गरिएको जनाएको छ। सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालित छन्।

लाङटाङको टनेलमा १५० मिटरसम्म प्रवेश
लाङटाङ हाइड्रोपावर आयोजनामा विदेशीसहित २५ सदस्यीय संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरेको सेनाले जनाएको छ।

टनेलभित्र दुई स्थानमा साना प्वाल बनाएर खोजी भइरहेको छ। चिलिमे हाइड्रोपावर आयोजनामा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।

त्रिशूली–३ ‘ए’मा ब्लास्टिङ गरेर आउटलेट विस्तार
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ९३ सदस्यीय संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा जमेको लेदो र माटो रातभर हटाएको छ।

बिहीबार राति करिब २ बजे आउटलेटको प्वाल ठूलो बनाउन टनेलको माथिल्लो भाग ‘क्राउन’मा ब्लास्टिङ गरिएको सेनाले जनाएको छ। ब्लास्टिङपछि माटो तथा लेदो हटाएर टनेल प्रवेशमार्ग खुलाउने काम भइरहेको छ।

त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसमेत रहेको संयुक्त टोली परिचालित छ। टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ।

उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरबाट बाटो बनाउनुका साथै बबक्याट प्रयोग गरी माटो खन्ने र पन्छाउने काम भइरहेको सेनाले जानकारी दिएको छ।

बस्ती, जङ्गल र खोला क्षेत्रमा पैदल गस्ती
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ। स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै चिकित्सक अधिकृतसहितको टोलीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको छ।

त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली स्याफ्रुबेँसी क्षेत्रमा समेत परिचालित छ।

नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित सङ्क्रमण फैलिन नदिन सेनाका चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।

परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम समन्वयात्मक रूपमा गरिरहेको सेनाले जनाएको छ।

0 Comments