२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौँ, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्’: मन्त्री गौतम

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन जेड आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । उनले जेन जेड आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् ।

लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन्।

उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एक अर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन्। जेन जेड भित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाई छ । आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताइन्।

सरकार गठन भएको करिव पाँच महिना मात्र भएको बताउँदै उनले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गरिन् । सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाई छ । उनले माग सम्बोधनमा ढिलाइ हुँदा जेन जेड समुदायको धैर्य टुट्ने अवस्था आउन सक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गरे । सरकारले जेन जेड आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकारको सफा नियतका साथ काम गरिरहेको उनको भनाई छ ।

उनले भनिन्, ‘यो स्मृति दिवसमा हामी सबैले संकल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस् । यहाँहरूका मागहरू धेरै छन् । ती मागहरू सम्बोधन गर्नको लागि हामी हरेक दिन जसो अहिलेको सरकारमा रहनुभएका मन्त्रीहरू, अहिलेका संसदमा रहनुभएका सांसदज्यूहरू हरेक दिन जसो कुनै न कुनै तवरले हामी भेटिरहेका छौँ, सरसल्लाह गरिरहेका छौँ, हामी कसरी सहयोग गर्न सक्छौँ । हामीलाई सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू जान्नकै लागि पनि थोरै समय लागेकै हो । यहाँहरूको धैर्यताको बाँध पक्कै पनि अलिकति फुट्ने अवस्थामा हो कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ । तर यति भन्छु, जुन पीडा तपाईँहरूलाई भएको छ, त्यो त्यत्तिकै पीडा हामीहरूलाई पनि छ । हामी पनि त्यति चैनले निदाउन सकिरहेका छैनौँ । त्यसकारणले दिन पक्कै पनि आउँछ । तपाईँहरूकै साथमा छौँ, तपाईँहरूले भनेका हरेक विषयलाई हामीले पूरा गर्नको लागि कसरी सही ढंगले गर्न सकिन्छ भनेर हरबखत छलफल गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ । ढिलो–चाँडो सबै कुरा ठिक ठाउँमा आउँछ, सिर्फ धैर्यता राखिरहनुपर्‍यो, एक ठाउँमा बसिरहनुपर्‍यो, एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भनेदेखिन् त विरोधीहरू जो हाम्रो विरोधमा, जो हाम्रो फुटमा खुशी हुन्छन्, तिनीहरूले स्पेस पाउँछन् । त्यसकारणले सही मान्छेहरू एक ठाउँमा उभिरहनुपर्यो, एक आपसलाई धैर्यता र साहस दिइरहनुपर्‍यो, हिम्मत दिइरहनुपर्‍यो । त्यसो भयो भनेदेखि यो देश पक्कै पनि बन्छ । हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन । यति भन्छु, यो सरकार सफा नियतसहित आएको छ । तपाईँहरूले भनेका हरेक सपनाहरू, हाम्रा सहिदले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देख्नुभएका हरेक सपनाहरू पूरा गर्नको लागि यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ । हामी बिस्तारै गर्दैछौँ, सबै कुरा व्यवस्थित तरिकाले गर्दैछौँ, ठिक तरिकाले गर्दै छौँ । यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ ।’

उनले देशमा भइरहेको भ्रष्टाचार र शासनविरुद्ध आवाज उठाउँदा गोली खानु परेको बताइन् । भदौ २३ गते आन्दोलनकारीमाथि राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाई छ । भदौ २३ र २४ गतेको घटनालाई एउटै रूपमा हेर्न नहुने उनले बताइन् ।

0 Comments