३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल परिवर्तन गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। 

आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज एक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१)तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो।

मधेश प्रदेशमा धनुषाको शहीदनगर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको आयोगले जनाएको छ।

यस्तै, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ।

बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको आयोगले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।

0 Comments