२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार मन्त्रालयको सरुवा मापदण्ड : दुई वर्षको अवधि, ५० वर्ष नाघेकालाई विशेष व्यवस्था

लामो समय एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवामा प्राथमिकता, पहिलो पदस्थापनमा दुर्गम क्षेत्र र स्वीकृत दरबन्दीबाहेक कर्मचारी नराख्ने व्यवस्था।

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन ‘पूर्वाधार विकास मन्त्रालयको सरुवा मापदण्ड, २०८३’ स्वीकृत गरेको छ।

मापदण्डअनुसार मन्त्रालय, विभाग तथा मातहतका कार्यालय र आयोजनामा कार्यरत कर्मचारीको सरुवा गर्दा कार्यअवधि, भौगोलिक क्षेत्र, कार्यसम्पादन, अनुभव र कार्यालयको आवश्यकतालाई आधार बनाइनेछ।

मन्त्रालयले कार्यालय प्रमुखबाहेकका कर्मचारीलाई एउटै कार्यालय वा आयोजनामा दुई वर्ष वा सोभन्दा बढी अवधि कार्यरत भएपछि सामान्यतया सरुवा गर्ने व्यवस्था गरेको छ। कार्यालय प्रमुखको हकमा पनि सामान्यतया दुई वर्ष नपुग्दै सरुवा नगरिने भए पनि कार्यसम्पादन र आवश्यकताका आधारमा अपवाद राखिएको छ।

५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई निजको मागबाहेक ‘क’ वर्गको भौगोलिक क्षेत्रमा सरुवा नगरिने व्यवस्था छ। त्यस्तै, ‘क’ र ‘ख’ वर्गका भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पूरा गरेका कर्मचारीलाई निजले मागेको भौगोलिक क्षेत्रमा सरुवाका लागि प्राथमिकता दिइनेछ।

मापदण्डमा लामो समय एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई अन्यत्र सरुवा गर्ने, पहिलो पटक मन्त्रालयअन्तर्गत पदस्थापन हुने कर्मचारीलाई दुर्गम क्षेत्रमा प्राथमिकता दिने तथा स्वीकृत दरबन्दीबाहेक कर्मचारी नराख्ने व्यवस्था गरिएको छ।

निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम (१२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले असोज १९ गते मापदण्ड स्वीकृत गरेको हो।

हेर्नुहोस्, पूर्वाधार विकास मन्त्रालयको सरुवा मापदण्ड, २०८३ :

0 Comments