२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको कार्ययोजनाः ‘श्रम सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा’

अ अ+ अ-

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका छन् । 

संसदीय सुनुवाइ समितिको बुधवारको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई छिटो बनाउने र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रस्तावित राजदुत सुनारले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (गोल्डेन जुब्ली) मनाउन लागिएको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे । हाल साउदीमा करिव ३ लाख ८५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ । सुनारले विशेष गरी श्रम सम्झौताको अभाव र ‘हुरुब’ (कामदार भागेको आरोप) लगायतका कारणले नेपाली कामदारले भोग्नुपरेको सास्तीबारे चासो व्यक्त गरे । 

आफ्नो ‘१०० दिने कार्य योजना’ सार्वजनिक गर्दै उनले पहिलो ३० दिनभित्र त्यहाँका पेन्डिङ मुद्दाहरूको अडिट गर्ने र कामदारको राहदानी नवीकरण तथा प्रमाणीकरणमा देखिएको झन्झट अन्त्य गर्न अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने उल्लेख गरे । 

उनले राहदानी वितरणलाई छिटो बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग कनेक्ट गर्ने तथा दूतावासमा अरेबिक भाषा जान्ने दोभासे कर्मचारीको व्यवस्था गर्ने योजना अघि सार्नुभयो । आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै उनले साउदी अरेबियाको नियोम, रेड सी र किदिया जस्ता मेगा प्रोजेक्टहरूमा नेपाली दक्ष कामदारको सहभागिता बढाउने र नेपालमा साउदी लगानी आकर्षित गर्ने बताए । हाल दुई देशबीच रहेको व्यापार घाटा कम गर्न र दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) को समस्या समाधान गर्न पहल गर्ने पनि उनले स्पष्ट पारे। त्यसैगरी, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई हालको भन्दा छोट्याएर ७ दिनभित्र सक्ने गरी काम गर्ने उनको प्रतिवद्धता छ । 

0 Comments