१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता

पत्रकारलाई नियन्त्रणमा लिएको र सञ्चारगृहमा प्रहरी पुगेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएपछि सञ्चारमन्त्रीले सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्।

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिताको महत्त्वसमेत औँल्याएका छन्।

‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनको स्टाटसमा उल्लेख छ।

यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। सुवेदी र बराललाई सम्बन्धित सञ्चारमाध्यमका कार्यालयबाट नियन्त्रणमा लिइएको थियो भने बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बोलाएपछि नियन्त्रणमा राखिएको थियो ।

त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन खोजेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले प्रहरी टोलीसँग पक्राउ पुर्जी नरहेको बताएका थिए।

पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो। महासंघका महासचिव रामप्रसाद दाहालले यस्तो कार्य प्रेस स्वतन्त्रता र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका थिए। उनले यस्ता गतिविधि नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।

0 Comments