१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने’ : मुख्यमन्त्री थापा

अ अ+ अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताए ।

टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिए । 

उनले संघीय तथा प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरे । 

मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए।

उनले विकास योजनाको गुणस्तर तथा प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  

0 Comments