१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यक’ : पूर्वराष्ट्रपति भण्डारी

अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् ।

काठमाडौँमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि दलले देश र जनताको हितमा गरेका कार्यहरू र हासिल गरेका उपलब्धिहरूको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताइन् । उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र अन्य माध्यमबाट राजनीतिक दलहरूविरुद्ध फैलाइने गलत सूचनाहरूले समाजमा भ्रम सिर्जना गरेका छन्, जसलाई चिर्न सचेत नागरिक र विशेष गरी प्रवासी नेपालीहरूको भूमिका महत्वपूर्ण हुन्छ । उनले प्रवासी नेपालीहरूलाई नेपालको समसामयिक राजनीतिक परिवेशसँग नजिक रहँदै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न आह्वान गरिन् ।

भण्डारीले भनिन्, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धि बारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ । विशेष गरी विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरुबारे सही सूचना तथा विचार संप्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईँहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

नेता भण्डारीले प्रवासी नेपाली मञ्चका सदस्यहरूलाई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि दृढताका साथ उभिनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक दलहरूका बारेमा हुने गरेका आधारहीन आलोचना र अफवाहहरूले मुलुकको छविमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै सत्यको अन्वेषण र त्यसको प्रचारमा जुट्न आग्रह गरिन् ।

0 Comments