बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन
काठमाडौँ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन्...