२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा महिला मतदाता बढी

अ+ अ-

रामपुर । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ ।

जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् ।

जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढिरहेको पाइएको छ ।

तिनाउमा पुरुष सात हजार २४५ र महिला सात हजार १४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् ।

तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भामा ६८७, पूर्वखोलामा ६४०, माथागढीमा ३८७, रिब्दीकोटमा ३७३, रैनादेवी छहरामा १६७, तिनाउमा १०४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् ।

सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७६९ र पूर्वखोलामा १३ हजार ६९८ मतदाता छन् ।

सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।

जिल्लामा कूल ११८ मतदानस्थल र २४७ मतदान केन्द्र कायम छन् । दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् ।

यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ ।

भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।