काठमाडौँ । निजामती कर्मचारी भित्र रहेका विभिन्न ट्रेड युनियनकर्मीहरूको आन्दोलन स्थगित भएको छ । उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो ।
विभिन्न मागहरू राख्दै बिहीबारदेखि आन्दोलन शुरु गरेका उनीहरूले आज सिंहदरवार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने जनाएका थिए ।
आम कर्मचारीको हकहितका लागि स्थापना भएका ट्रेड युनियनहरू पछिल्लो समय निहित आफ्नो स्वार्थमा केन्द्रित हुँदै गएको आरोप लाग्ने गरेको छ । सामूहिक सौदावाजी भन्दा पनि सरुवामा मात्रै केन्द्रित हुँदा ट्रेड युनियनप्रतिकै दृष्ट्रिकोणसमेत बदलिएको स्वयं ट्रेड युनियनकर्मीहरु नै स्विकार्दै आएका छन् ।