२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरी उच्च अधिकृतहरूलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफूले डटेर गर्ने लामिछानेले बताए ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै लामिछानेले प्रहरी अधिकृतहरूलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिए ।

‘नीति र विधिभित्र रहेर काम गर्नुस्, कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुस्’, उनले भने, ‘मबाट तपाईँहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयोग भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’

प्रहरीले हरेक नागरिकले सुरक्षित महसुस हुने गरी सेवा दिनुपर्ने बताउँदै लामिछानेले अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्ने बताए । उनले भने, ‘आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार गर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।’

राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन लथालिंग भएको बताउँदै उनले भने, ‘सरुवा बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहन्छु, त्यसको सुरुवात पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरुवाका क्रममा गरेको थिएँ ।’

उनले तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् भन्दै अधिकृतहरूलाई चेतावनी समेत दिएका छन् । ‘कुनै नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस्’, उनले भने, ‘प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमान्दार प्रयास गर्नेछु, प्रविधिलाई पनि बढाउनुपर्ने छ ।’

उनले सरुवा बढुवाका लागि कतै आउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्ने बताउँदै त्यसका लागि केके गर्नुपर्छ योजना बनाएर ल्याउन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।

उनले आफू कुनै व्यक्ति विशेषको सरुवा बढुवा गर्ने र त्यसवापत लाभ लिने उद्देश्य पूरा गर्न मन्त्रालय नआएको बताउँदै उनले भने, ‘केही फरक गर्ने चाहना, नीति, विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकलप बोकेर आएको हुँ ।’

प्रहरी समायोजनलाई पनि टुंगोमा पुर्‍याउनुपर्ने बताउँदै उनले त्यसका लागि सरोकारवालासँग छलफल र गृहकार्यलाई निरन्तरता दिने बताए ।