१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीमाथि धरपकड नगर्न श्रम मन्त्रीलाई नाट्टाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ ।

नाट्टाको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानुनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो । 

जवाफमा श्रम मन्त्री अर्यालले यस्तो प्रक्तिका घटना निराकरणका लागी प्रतिबद्धता व्यक्त गरे । उनले  वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दि

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार मन्त्री अर्यालले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले आधारभूत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष थपलियाले विभागले हवाई टिकट बिक्रेतामाथि टिकट बिक्री गरेकै भरमा विना कुनै छानबिन, स्पष्ट अध्ययन नगरी व्यवसायीलाई त्रसित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए।

भेटका क्रममा नाट्टाको टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रवर्द्धनका लागि सात बुँदे सुझाव पनि पेस गरेको थियो ।