काठमाडौँ । तीन जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगको सिफारिसअनुसार २०८१ असोज १० गते बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल वन सेवा, फरेष्ट रिसर्च समूहतर्फ राजेन्द्र कुमार बासुकला, नेपाल विविध सेवा, सूचना प्रविधि विज्ञतर्फ आदेश खड्का र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ अम्बिका प्रसाद आचार्य रहेका छन् ।