२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदस्थापनको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरू पदस्थापनको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका हुन् । पटक-पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोलनरत कर्मचारीको गुनासो छ ।

एक वर्ष अगाडि संघीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरूको भनाइ छ । 

स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । मधेश प्रदेशमा एक हजार कर्मचारी स्थानीय तहका कर्मचारी कार्यरत छन् ।

संघीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा  सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उनले बताए। पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । 

उनीहरूले आन्दोलन गर्नु पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई  लिखित रूपमा पदस्थापनको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।