काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित उपसचिव र सहसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवहरूलाई नियुक्त गरिएको छ। साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।
यसैगरी मन्त्रालयको अतिरिक्त(बरन्डा)मा रहेका सहसचिवहरूलाई पनि जिम्मेवारी तोकिएको छ ।
निकै लामो तयारीसँगै साता दिन अघि नै सूची बनिसकेको भए पनि पावरफूलहरूको प्रपञ्चकै कारण सूची स्वीकृत गर्न ढिलाइ भइरहेको थियो तर अन्तत: मन्त्री रमेश लेखकले मंगरवार सदर गरेका छन् ।









