२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकको दाबी-‘देशको आवश्यकताअनुसार ठुला दल मिल्यौँ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठुला दल मिलेको स्पष्ट पारेका छन् । 

बैतडी पुगेका लेखकले आज आयोजित अन्तर्क्रियामा देशको आवश्यकताअनुसार नै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको बताएका हुन्।

उनले भने, “दुई ठुला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सात बुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।” 

केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताए ।

गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबै कुरा पूरा हुन नसकेका बताउँदै उहाँले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताए । गृहमन्त्री लेखकले भने, “सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।” कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताए ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उहाँको जोड थियो । यो संविधान लामो संघर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरुद्ध हिँड्नु दिवा सपना हुने उनले बताए । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गरे ।

यस्तै, कार्यक्रममा नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराए ।

सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुला घाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली कोरिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराए । 

यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापन पत्रसमेत बुझाएका छन् । 

दुई ठुला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । 

गृहमन्त्री भएपश्चात् लेखक पहिलो पटक जन्मघर बैतडी पुगेका हुन् ।