काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएका वडा नम्बर( ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ।
वडाध्यक्ष राईले पार्टी हित विपरीत काम गरेको भन्दै वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटी समक्ष सिफारिस गरिएको एमाले धरानले जनाएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष धनबहादुर राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशन विपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाही सिफारिस गरिएको एमाले धरानको भनाई छ ।
एक नेताका अनुसार पार्टीका नेताहरूले पटक(पटक सम्झाउँदा नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको हो।







