२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि मन्त्री अधिकारीको दाबी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकाश मन्त्री रामनाथ अधिकारीले अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि सामाग्री संस्थानको ३७ वटा गोदाम र साल्ट ट्रेडिङका गोदामहरूमा ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका हुन्। 

उनले किसानहरूलाई निरन्तर रूपमा अभाव नहुने गरी रासायनिक मल वितरण भइरहेको उल्लेख गरेका छन् ।

त्यस्तै उनले दुग्ध किसानहरूको साढे ३ अर्ब भन्दा बढी रकम सरकारी, निजी र साझेदारी फर्महरूले तिर्न बाँकी रहेको बताए। गत वर्षको बजेट सिलिङ अनुसार उखु किसानलाई सरकारबाट दिनुपर्ने अनुदान रकम एक दुई दिनभित्रै किसानको खातामा पुग्ने जानकारी दिए ।

बैठकमा नेपालमा चैते धानको समर्थन मूल्य निर्धारण, धान भण्डारणको उचित व्यवस्थापन, किसानले उत्पादन गरेको दूधको भुक्तानी, उखु किसानले बिक्री गरेको उखुको मूल्य तथा सरकारबाट दिनुपर्ने अनुदान रकम भुक्तानीमा देखिएका विषयमा सरोकारवालासँग छलफल भएको थियो ।