काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाल नियुक्त भएका छन्।
गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी तोक्दै उनको स्थानमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका रिजाललाई काठमाडौँ पठाएका हुन्।
त्यसैगरी, वरिष्ठ सहसचिव जयनारायण आचार्यलाई गृह प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ। उनी यसअघि आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको रूपमा कार्यरत रहेका थिए।








