२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनको सिडिओमा गणेश अर्याल, भोजपुरमा शिवलाल

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाई पठाएको छ। त्यहाँका प्रजिअलाई पर्सा प्रशासन पठाएसँगै रिक्त रहेको चितवनमा अर्याललाई पठाइएको हो।

यसैगरी सहसचिव शिवलाल तिवारीलाई भोजपुरको प्रजिअ नियुक्त गर्ने निर्णय गरेको छ। भोजपुरका प्रजिअ बाबुराम गौतमलाई मन्त्रालय तानिएको छ।

राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो। गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको हो।

पर्साको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएका अर्याल रुपन्देहीका सिडिओ हुँदा साउदी अरेबियामा मृत्युदण्ड पाएका नेपालीलाई ४७ लाख ब्लडमनी संकलन गरेर मृत्युदण्ड कार्यान्वयन हुनु ६ दिनअघि नेपाल फर्काएका थिए भने भैरहवा एयरपोर्टको सार्वजनिक जग्गा दर्ता प्रकरणमा संलग्न तत्कालीन मालपोत अधिकृतविरुद्ध कारबाही अघि बढाएका थिए। संविधानसभा सदस्यले चर्चेको सरकारी जग्गा फिर्ता ल्याउन आक्रामक प्रयासले स्थानीयस्तरमा वाहवाही कमाएका थिए ।

भारत-नेपाल सीमामा एकीकृत चेकजाँच प्रणाली लागू गरेका अर्यालले पर्सामा सिडिओ हुँदा शीतलहर पीडित ४८ सय घरपरिवारलाई एकद्वार प्रणालीमार्फत सहयोग पुर्‍याएर सरकारको तत्काल अनुभूति दिने खालका काम गरेका अर्यालले १८ वर्षपछि ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्नेलगायतका कामले स्थानीयबाट प्रशंसा पाएका थिए।

सेवाग्राहीमैत्री सुधारमा अग्रणी अर्याल गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष उत्कृष्ट ठहरिएका थिए।