काठमाडौँ । जेन जेडको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी घाइते भएका छन् ।
संसद् भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् ।
सशस्त्रका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।







