२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा निषेधाज्ञा र कर्फ्यु स्थगन तथा खुकुलो पार्ने प्रशासनको निर्णय

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको छुट्टाछुट्टै बैठकले निषेधाज्ञा र कर्फ्यु खुकुलो पार्ने तथा स्थगन गर्ने निर्णय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो सुरक्षागत मूल्याङ्कनका आधारमा जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हटाएको छ । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै २६ गते प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार तोकिएका निषेधित क्षेत्रसम्बन्धी व्यवस्था भने यथावत रहने जनाइएको छ ।

ललितपुरमा पनि कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार, बिहीबार साँझदेखि प्रशासनिक कामकाज पुरानै लयमा फर्किएको छ भने जलाइएका पाँच प्रहरी चौकीमा समेत प्रहरी तैनाथ भइसकेका छन् ।

त्यसैगरी भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले पनि कफ्यू र निषेधाज्ञा हटाइएको बताएका छन् । तर आज दिनभरको अवस्थाको समीक्षा गरेर बेलुकी थप निर्णय हुन सक्ने उनले बताएका छन् ।

यद्यपि जेल तोडेर भागेका थुनुवाहरू अझै पक्राउ परेका छैनन् र सुरक्षा निकायबाट लुटिएका सबै हतियार नियन्त्रणमा आउन बाँकी भएकाले राति सर्वसाधारण ढुक्कसाथ बस्न सक्ने वातावरण बनाउन प्रशासनले थप सावधानीपूर्वक कदम चाल्नुपर्ने देखिन्छ ।