काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ ।
विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने बताए ।
उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । अहिले खाजा ब्रेक भएको छ । त्यसपछि धारणा राख्ने क्रम सुरु गर्ने तयारी छ
पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्दै विभिन्न निर्णयहरू गर्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।







