२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको आरोप : ‘मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न लगातार प्रयासमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन सम्बोधन गर्ने क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका लागि लगातार छलफलमा रहेको बताए ।

‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँ कतै केही भेटिएन,’ ओलीले बैठकमा भने, ‘हिजो जेनजीहरूले मान्दै मानेनन् । केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’

जेनजीहरूले आफूहरू दलविरुद्ध नभएको बताएको भन्दै उनले भने, ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ । यसमा चिनी थपिदिनु ?’

उनले पार्टीभित्रका कुराहरू बाहिर नल्याउन र पार्टीमै छलछल गर्न पनि नेताहरूलाई आग्रह गरे ।

अहिले तोकिएको निर्वाचन नहुने उनको जिकिर थियो ।