२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित महानिर्देशक प्रदीप अधिकारीको घरबाट मोबाइल, ल्यापटप र ‘ग्याजेट’ बरामद

अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको निवासमा बरामद गरिएका मोबाइल फोन, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू बारे अनुसन्धान भईरहेको छ । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निवासबाटै पक्राउका क्रममा ग्याजेटहरुसमेत बरामद गरेको थियो ।

अख्तियार स्रोतका अनुसार अधिकारीका शंकास्पद आर्थिक कारोबार र गतिविधिमा लामो समयदेखि निगरानी भइरहेको थियो । सोही क्रममा महत्त्वपूर्ण डिजिटल प्रमाण हुन सक्ने आशङ्कामा ती सामग्री नियन्त्रणमा लिइएको हो । अधिकारीले सुरुमा सामग्री बुझाउन आनाकानी गरे पनि अख्तियारसँगै खटिएको प्रहरी टोलीले तत्काल कब्जामा लिएको थियो । बरामद उपकरणहरू अख्तियारको आफ्नै डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा परीक्षण गरिने भएको छ ।

बुधबार नै अधिकारीलाई पक्राउ गरी विशेष अदालतमा पेस गरिएको थियो । समय अभाव देखाउँदै विशेष अदालतले उनलाई अख्तियारकै हिरासतमा राख्ने आदेश दिएको छ । शुक्रबारदेखि अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको बयान विशेष अदालतमा जारी छ ।

अख्तियारले नलिञ्चोक हेलिपोर्ट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगलस्थित प्राधिकरणको भवन निर्माणलगायतका परियोजनामा भएको अनियमितता तथा भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाएको छ ।

यसबाहेक अधिकारीले विभिन्न व्यक्तिलाई रकम बाँडेको, अनुसन्धानलाई प्रभावित पार्न शक्तिकेन्द्र र बिचौलिया परिचालन गरेको सूचनाका आधारमा पनि बैंक खाता र कारोबारको अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।