काठमाडौँ । दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईँले सो क्रममा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका हुन् । ‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु,’ प्रसाईँले भनेका छन् ।
साथै, उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका छन् । उनले दुर्गा माताकै रूप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाए ।
‘तपाईँ माता हो दुर्गा हो । त्यो रूप धारण गरेर काम गर्नुहोस्,’ प्रसाईँले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले बताइको छ ।







