२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् ।

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान लिएका थिए । यद्यपि प्यानल बन्ने बेलामा उनलाई उपाध्यक्षको लिस्टमा राखिएको थियो।

जसमा उनले सहमति जनाएनन् । आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुनः मनोनयनका लागि पुगेका थिए ।

उनले केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा गराएको उनीनिकट स्रोतले बताएको छ ।

ज्ञवालीले आफू निकटस्थहरूसँग एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका छन् ।

‘म एमालेको पदाधिकारी थिएँ । अब कार्यकर्ता रहन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो,’ निकटस्थहरूसँग ज्ञवालीले भनेका छन्, ‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ ।’

उनले आफू पार्टी आन्दोलनमै रहेको पनि बताएका छन् । ‘म पार्टी आन्दोलनमै छु । केन्द्रीय सदस्यबाहेक मेरो उम्मेदवारी अन्त रहेन,’ ज्ञवालीले भनेका छन् ।