पाटन (ललितपुर) । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताए। ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भई नसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुन:स्थापनाको आवाज उठेको हो, ” उनले भने ।
उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रूपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।







