२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने : ‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताएका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दे भट्टराईले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए ।

उनले यो सरकार निर्वाचन गराउने म्याण्डेट बोकेर बनेकाले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए । उनले यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको बताए ।

उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ। मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन।’

उनले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ म्यान्डेट दिएको बताए । उनले सोही म्याण्डेट अनुसार पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए। उनले महाधिवेशनमा आफूहरूले उठाएका एजेन्डा अझै जीवितै रहेको र त्यसबारे पार्टीभित्र छलफल भइरहेको दाबी गरे।

उनले भने,‘अध्यक्षले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। हिजोका दिनमा प्रतिस्पर्धीलाई कारबाही गर्ने इतिहास भए पनि अब त्यस्तो सम्भावना छैन। हामी आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन सामूहिक रूपमा लाग्नेछौँ।’

उनले आगामी फागुन २१ गते निर्वाचन हुने बताए । उनले निर्वाचनको मिति तय भइसकेकाले निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने बताएका छन्। निर्वाचन प्रक्रिया अघि बढिसकेकाले तोकिएकै समयमा चुनाव गर्नुको विकल्प नरहेको भट्टराईले बताए ।