काठमाडौँ । झापा-५ बाट प्रतिनिधि सभामा उम्मेदवार हुने चर्चामा रहेका बालेन्द्र साहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर रहेका साहले बुधबार महोत्तरीका मानिसहरुसँग ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा छलफल गरेका हुन् । छलफलमा महोत्तरीबाटै उम्मेदवार हुन उनीहरूले अनुरोध र प्रस्ताव गरेका थिए । शाहले आफू छलफलमै रहेको जवाफ दिएका छन् ।
उनले झापा, काठमाडौँ र महोत्तरीलगायतका ठाउँबाट प्रस्ताव आइरहेको र कुन ठाउँबाट लड्ने भन्ने निश्चित नगरेको भनी जवाफ दिएका थिए ।
महोत्तरी शाहको जन्म जिल्ला भएकाले यस पटक मधेशमै उठ्न उनीहरूले प्रस्ताव गरेको र उनले कुनै निर्णय नगरी छलफलमै रहेको जवाफ दिएको उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले बताएका छन् ।







