२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनपछि काँग्रेसको नेतृत्व पुनर्गठन : नयाँ केन्द्रीय कार्यसमितिमा को-को आए ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले बहुमतका आधारमा नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

महाधिवेशनको निर्णयअनुसार पार्टी सभापतिमा गगन थापा निर्वाचित भएका छन्। नेतृत्व परिवर्तनसँगै काँग्रेसले संगठनात्मक पुनर्संरचना र राजनीतिक दिशाबारे नयाँ अध्याय सुरु गरेको बताइएको छ।

त्यस्तै, उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।

सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यअनुसार विभिन्न समुदाय र क्षेत्रबाट नेताहरू चयन गरिएको छ। महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खस–आर्य समूहबाट उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका हुन्।