२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला’ : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले टिकट विवादको बहस छाड्न पार्टी पङ्क्तिमा आह्वान गरेका छन् । आज एक भिडिओ सन्देशमार्फत उनले एमालेका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका हुन् ।

उनले भने, ‘मैले पार्टी केन्द्र सचिवालयको बैठकमा उम्मेदवारको छनोट सम्बन्धमा केही फरक धारणा राखेको छु । त्यो फरक मतको रूपमा पनि दर्ता गरेको छु । आज म त्यस विषयमा चर्चा गर्न चाहन्नँ । किनकि त्यसको अध्याय समाप्त भइसकेको छ ।’

फागुन २१ पछि एमालेले सरकार बनाउने र एमालेको नेतृत्वमा सशक्त ढंगले अगाडि बढ्ने उनको विश्वास छ ।

उनले भने, ‘मैले पार्टी अध्यक्षलाई भनेको छु समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंगले गर्‍यौँ कि गरेनौँ ? मापदण्डहरू बनायौँ कि बनाएनौँ ? जित्ने लोकप्रिय, पार्टी प्रति निष्ठावान् उम्मेदवार दियौँ कि दिएनौँ ? यसको समीक्षा निर्वाचन पछि गरौँला । तर, यति बेला अब हाम्रो अगाडि दायाँबायाँ केही पनि छैन। हाम्रो अगाडि अब सूर्य चिन्ह मात्रै छ ।’

पार्टीभित्र फरक मत हुने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले थपेका छन्, ‘पार्टीमा भिन्न मतहरू हुन्छन् । त्यसलाई सम्मान गर्नुपर्छ । तर, ती फरक मत, भिन्न मतहरूले अरू पार्टी सँगको प्रतिस्पर्धामा नेकपा एमालेलाई कमजोर बनाउनु हुँदैन, घाटा गर्नु हुँदैन । देशभरिका साथीहरूलाई कसले उम्मेदवारीको टिकट पाउनुभयो, कसले पाउनुभएन, अब यो बहसलाई बन्द गरौँ ।’

भट्टराईले १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारलाई मिलाउन सकिने भए मिलाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

उनले थपेका छन्, ‘मैले मेरो लागि मागेको छैन । म स्पष्ट भइसकेँ म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्ने वाला छैन ।’