२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा कांग्रेस-एमाले गठबन्धन विजयी

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशबाट भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यबाट उम्मेदवार बनेका दुई जनाले विजय हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार महिला समूहबाट गीता देवकोटा र अन्य समूहबाट प्रेमप्रसाद दंगाल राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका हुन् ।

यस निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टीसमेतका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो । महिला समूहअन्तर्गत देवकोटाले प्रदेश सभातर्फ ६० मतका आधारमा ३ हजार १८० मतभार प्राप्त गरिन् । स्थानीय तहतर्फ १६१ मतका आधारमा ३ हजार ५९ मतभार पाउँदा उनको कुल मतभार ६ हजार २३९ पुगेको छ ।

अन्य समूहअन्तर्गत दंगालले प्रदेश सभातर्फ ५९ मतका आधारमा ३ हजार १२७ मतभार हासिल गरे । स्थानीय तहतर्फ १६२ मतका आधारमा ३ हजार ७८ मतभार प्राप्त गर्दा उनको कुल मतभार ६ हजार २०५ कायम भयो ।

महिला समूहमा नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार ल्याए भने नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभारमा सीमित भए ।

बागमती प्रदेशतर्फको निर्वाचनमा प्रदेश सभाका ८९ सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २२९ जनासहित कुल ३१८ जनप्रतिनिधिले मतदानमा भाग लिएका थिए । यस क्रममा प्रदेशसभातर्फ ४ हजार ७१७ र स्थानीय तहतर्फ ४ हजार ३५१ गरी जम्मा ९ हजार ६८ मतभार खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।