२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना

अ+ अ-

काठमाडौँ। मध्यपूर्वमा हालैको घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकहरूको सहयोगका लागि नेपाली काँग्रेस ले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

पार्टीका सभापति गगन थापाले जानकारी दिए अनुसार विभिन्न देशमा रहेका नेपालीहरूलाई राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको हो।

थापाले भनेका छन्, “मध्यपूर्वका केही देशमा उत्पन्न परिस्थितिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभावित पारेको छ। कतिपयले तत्काल उद्धार र स्थानान्तरण आवश्यक पारेका छन् भने केहीको आफ्नो परिवारसँग सम्पर्क हुन सकिरहेको छैन।”

उनीहरूले नेपालबाट उडान रद्द हुनुका कारण प्रभावितहरूको स्थिति अझ कठिन भएको बताएका छन्। सरकारले आफ्नो तवरले उद्धार र व्यवस्थापनमा काम गरिरहेको भए पनि काँग्रेसले थप सहयोग पुर्‍याउने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याएको थापाले बताए।

यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघ ले आवश्यक समन्वय गरिरहेको छ।

साथै, उडान अवरुद्ध भएका कारण काठमाडौँमा रोकिएका नेपालीहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्न आवश्यक यातायातको प्रबन्ध पनि गरिएको जानकारी दिइएको छ।