२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पूर्ण मतदातालाई आत्मविश्वासका साथ मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्पूर्ण मतदातालाई आत्मविश्वासका साथ मतदानमा सहभागी हुन अपिल गरेका छन्।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका आवश्यक तयारी सम्पन्न भइसकेको जानकारी दिँदै उनले तोकिएको मिति २०८२ फागुन २१ गते बिहीबार आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्न आग्रह गरे। निर्वाचनलाई प्रतिनिधिमूलक शासन व्यवस्थाको आधार मानेका उनले नागरिकले रोजेका प्रतिनिधिमार्फत राज्य सञ्चालन हुने प्रक्रियालाई वैधता प्रदान गर्ने संवैधानिक माध्यमका रूपमा मतदानलाई उल्लेख गरे।

उनका अनुसार संविधान र कानुनले तोकेको उमेर पूरा गरेका सबै नागरिक मतदाता हुन् र प्रत्येक मतको मूल्य समान हुन्छ। शासन प्रणालीको स्वरूप, नीति, नेतृत्व र सरकारको दिशानिर्देशन निर्धारण गर्ने आधार प्रत्येक मतदाताले खसाल्ने मत नै भएकाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनलाई सर्वोपरि अभ्यासका रूपमा लिइन्छ।

आयोग स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन पूर्णरूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। कुनै पनि अवाञ्छित गतिविधिले निर्वाचन प्रक्रियामा असर नपार्ने सुनिश्चितता गर्दै आस्था, विचार र सिद्धान्तका आधारमा स्वतन्त्र निर्णय गर्ने वातावरण निर्माणमा आयोग दृढ रहेको उनको भनाइ छ।

मतदानलाई नागरिकको स्वाभाविक अधिकार मात्र नभई जिम्मेवारीसमेत रहेको उल्लेख गर्दै उनले मतदाताको सक्रिय सहभागितालाई राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व र नागरिक संलग्नताको उच्च अभिव्यक्तिका रूपमा व्याख्या गरे। सु-सूचित र जिम्मेवार मतदानले शासन प्रणालीप्रति नागरिक अपनत्व सुदृढ गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।