२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका नव आयुक्त अधिकृतहरू आफ्नो दायित्वप्रति सजग रहने प्रधानमन्त्री शाहको विश्वास

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली सेनाका नव आयुक्त अधिकृतहरू सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायरा भित्र रही सदैव आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गरेका छन् ।

खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन् । उनले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्पसहित कठिन तालिम पश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै नव आयुक्त अधिकृतहरू आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहने बताए ।

उक्त अवसरमा प्रधानमन्त्रीले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरे ।

सि.सं. ६३ अधिकृत क्याडेट, सि.सं. ५ स्नातक अधिकृत क्याडेट र सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत आधार तालिममा सहभागी जम्मा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेको उक्त समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी ३ जना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई नेपाली सैन्य प्रतिष्ठान (एनएमए) पदक प्रदान गरेका थिए ।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ६,७३४ जना तथा १,६०८ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन् । सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका ३२ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् ।