२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको आन्तरिक विषयमा ओली-भण्डारीबीच छलफल

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टीको समसामयिक राजनीतिक अवस्था तथा आन्तरिक गतिविधिबारे छलफल भएको छ।

स्रोतका अनुसार भण्डारी आइतबार दिउँसो भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर ओलीसँग करिब दुई घण्टा संवादमा सहभागी भएकी थिइन्। भेटका क्रममा ओलीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै पार्टीभित्र उठिरहेका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ।

एमालेभित्र निर्वाचनपछिको समीक्षा बैठक बोलाउनुपर्ने माग पदाधिकारीदेखि कार्यकर्ता तहसम्मबाट उठिरहेको सन्दर्भमा भण्डारीले त्यसतर्फ ध्यान दिन सुझाव दिएको स्रोतको दाबी छ। पार्टी पंक्तिमा अन्योल र निराशा बढ्न नदिन आवश्यक छलफल तथा समीक्षा प्रक्रिया छिटो अघि बढाउनुपर्ने धारणा उनले राखेको बताइएको छ।

स्रोतका अनुसार भण्डारीले पार्टी नेतृत्वबारे भइरहेका आन्तरिक बहसको प्रसंगसमेत उठाउँदै संगठनभित्र संवादलाई प्राथमिकता दिनुपर्ने सुझाव ओलीसमक्ष राखेकी थिइन्। त्यसक्रममा अध्यक्ष ओलीले भने उपयुक्त समय र परिस्थिति नमिलेकाले बैठक आह्वानमा ढिलाइ भइरहेको जवाफ दिएको जनाइएको छ।

प्रतिनिधि सभा निर्वाचनको परिणामपछि एमालेभित्र नेतृत्व र कार्यशैलीबारे बहस तीव्र बन्दै गएको सन्दर्भमा भण्डारी र ओलीबीच पछिल्ला महिनामा निरन्तर संवाद हुँदै आएको छ। फागुन २१ यता यी दुई नेताबीच भएको यो चौथो भेट भएको बताइएको छ।

0 Comments