काठमाडौँ । आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीका लागि आवश्यक पर्ने आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको छ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
नेपाल राष्ट्र बैंकले संविधान तथा सम्बन्धित कानुनी व्यवस्था अनुसार सरकारको वार्षिक बजेट निर्माण प्रक्रियालाई सहयोग पुर्याउने उद्देश्यले देशको समग्र आर्थिक अवस्था तथा वित्तीय सूचकहरूको विश्लेषणसहितको प्रतिवेदन प्रस्तुत गरिएको जनाएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार बजेट तर्जुमा प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे नियमित प्रतिवेदन नेपाल सरकारले प्राप्त गर्ने व्यवस्था रहेको छ।
सोही कानुनी प्रावधानअनुसार आगामी बजेटका लागि आधार तयार पार्ने उद्देश्यले प्रतिवेदन पेश गरिएको हो।







