२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा एक जना कैदी बन्दीको मृत्यु

अ+ अ-

सुरुंगा (झापा) । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । 

पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए । मृतकको शव बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

0 Comments