काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक स्थिति तत्कालका लागि सुरक्षित भएको छ।
मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने उद्देश्यसहित दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूमध्ये डम्मरी महराले आफ्नो समर्थन फिर्ता लिएपछि आवश्यक संख्या घटेर तत्कालका लागि प्रक्रिया कमजोर बनेको हो।
सांसद महराले सरकार परिवर्तन वा दल नेतृत्व परिवर्तनभन्दा पार्टीभित्रको एकता र आगामी बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने कारण देखाउँदै हस्ताक्षर फिर्ता लिएको बताएकी छन्।
यसअघि मंगलबार नेपाली काँग्रेसका बहुमत प्रदेश सभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउने मागसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो। हाल एक सांसदले समर्थन फिर्ता लिएसँगै तत्कालीन राजनीतिक समीकरणमा परिवर्तन आएको छ।








