२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलको नेतृत्व संरचना हेरफेर, प्रमुख सचेतकमा रोका मगर नियुक्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलअन्तर्गत प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा नयाँ नियुक्ति गरेको छ।

संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पार्टीको प्रादेशिक संसदीय व्यवस्थाअनुसार रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य यमुना रोका मगरलाई प्रमुख सचेतक तथा कपिलवस्तुका नवराज लामिछानेलाई सचेतकको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री आचार्यका अनुसार दुवै नियुक्ति जेठ २५ गतेदेखि लागू हुने गरी गरिएको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी प्रदेश सरकारमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो।

रोका मगर यसअघि सचेतकको भूमिकामा रहेकी थिइन्। उनलाई प्रमुख सचेतकमा जिम्मेवारी दिइएपछि खाली भएको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।

नवनियुक्त प्रमुख सचेतक र सचेतकले प्रदेशसभामा दलका तर्फबाट संसदीय गतिविधिको व्यवस्थापन, नीति तथा कार्यक्रम कार्यान्वयनमा समन्वय, सदस्यहरूबीच आवश्यक सहकार्य तथा दलगत अनुशासन कायम गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ।

एमाले संसदीय दलले प्रदेश सरकार तथा दलका गतिविधिलाई थप प्रभावकारी बनाउन नेतृत्व तहमा आवश्यक जिम्मेवारी पुनर्संरचना गरिएको जनाएको छ।

0 Comments