२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गर्ने प्रहरीको फन्दामा 

अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौँको टोखा बस्ने वर्ष २६ को विवश अधिकारीले यसरी किर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । 

सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवश अधिकारी भन्ने नामबाट २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुन:प्रमाणीकरणसम्बन्धी सूचना बनाइ मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा रु. दुई करोड १३ लाख रकमान्तरण हुने विवरण बनाइ किर्ते गरेका पाइएको बताए । 

उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुट्टा लिखत तयार गरी विवश अधिकारीलाई अदालतबाट रु एक लाख छ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक ब्यहोरा उल्लेख गरी कागजात तयार पारेका पाइएको प्रहरीले जनाएको छ ।

यसरी कागजात तयार पार्न काठमाडौँ जिल्ला अदालतको लेटरप्याड किर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत किर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ । 

उक्त कसुरमा संलग्न विवश अधिकारीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले आज बताए । 

अनुसन्धानको क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा किर्ते कागजपत्रहरू फेला परेकोले आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

0 Comments